बालेन शाह रास्वपाको वरिष्ठ नेता

1 Min Read

झापा, २१ पुस । बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता हुनुभएको छ।

रास्वपाको पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समिति बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै सभापति रवि लामिछाने पछि दोस्रो वरियतामा रहने गरि वरिष्ठ नेता बनाएको हो। बालेनसहित उहाँ टिमका २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ।

बालेनको टिमबाट महामन्त्रीमा सुनिल लम्साल नियुक्त भएका छन् भने भूपदेव शाह, सस्मित पोखरेल र सागर ढकाल सचिवालय सदस्य भएका छन्।

अन्य केन्द्रीय सदस्यमा लक्ष्मण थारू, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैद्य, लक्ष्मी वरदेवा, शिव यादव, रोहन कार्की, मधुसुदन ढकाल, अनन्तराज तिमिल्सिना, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद छन्।

Share This Article
Leave a Comment