भक्तपुर–२ बाट एमाले सचिव महेश बस्नेत सर्वसम्मत एकल सिफारिस

1 Min Read

 झापा, २१, पुस । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट एकल सिफारिस हुनुभएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गर्दै जिल्ला कमिटीलाई सिफारिस गरेको हो।


२०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित बस्नेत २०७९ मा झिनो मतान्तरले पराजित हुनुभएको थियो। भक्तपुरको समग्र विकासमा सक्रिय भूमिका खेलेको भन्दै उहाँलाई स्थानीयस्तरमा ‘रोल मोडल’ नेताका रूपमा लिने गरिन्छ। पूर्व उद्योगमन्त्रीसमेत रहनुभएका बस्नेत भदौ २३ र २४ गते भएका विध्वंस, तोडफोड र आगजनी घटनापछि एमालेभित्र सबैभन्दा मुखर नेतामध्ये एकका रूपमा स्थापित हुनुभएको छ। उहाँले ती घटनाको विरोध गर्दै सामाजिक सञ्जालमार्फत सबैभन्दा पहिले आवाज उठाउनुभएको थियो।


बस्नेतकै पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुमा बसोबासको व्यवस्था मिलाइएको थियो। यसअघि उम्मेदवारी दाबी गरेका नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठले आफ्नो दाबी फिर्ता लिएकोमा बस्नेतले धन्यवाद व्यक्त गर्नुभएको छ।

Share This Article
Leave a Comment