देशभर चिसो बढ्यो, जुम्लामा माइनस ६.३ डिग्री

1 Min Read

पुस २२ । देशभर तापक्रम घट्दै जाँदा चिसो बढेको छ। सोमबार यस वर्षकै सबैभन्दा कम तापक्रम विभिन्न स्थानमा रेकर्ड गरिएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा माइनस ६.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम मापन भएको छ। काठमाडौँमा न्यूनतम तापक्रम घटेर ३.५ डिग्री पुगेको छ। पश्चिम तराईमा चिसो बढी देखिएको छ। भैरहवामा ७.४, नेपालगन्ज र घोराहीमा ६.८ तथा धनगढीमा ६.२ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम रेकर्ड भएको छ।


पूर्वी तराईमा भने तापक्रम केही बढेको छ। विराटनगरमा १३.१ र चन्द्रगढीमा १३.३ डिग्री सेन्टिग्रेड न्यूनतम तापक्रम मापन गरिएको छ।
चिसो, हुस्सु र वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले न्यानो कपडा लगाउन, तातो पदार्थ सेवन गर्न र मास्क प्रयोग गर्न आग्रह गरेको छ।

Share This Article
Leave a Comment