एमाले सचिवालय बैठक आज बिहान ९ बजे, चुनाव केन्द्रीत कार्यविभाजन तय हुँदै

1 Min Read

झापा, २२ पुस । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, भोलि हुने राष्ट्रियसभा निर्वाचनको मनोनयन तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गरिनेछ। साथै, निर्वाचनलाई लक्षित गर्दै नेताहरूको अस्थायी कार्यविभाजन पनि बैठकको मुख्य एजेण्डा रहेको जनाइएको छ।

देश निर्वाचनतर्फ उन्मुख रहेकाले विभागीय प्रमुख, प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जलाई संयोजकको जिम्मेवारी दिने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए।

Share This Article
Leave a Comment