एमाले अध्यक्ष ओली झापा क्षेत्र–५ बाट मनोनयन दर्ता गर्न आज झापा, स्वागत र्‍यालीसहित निर्वाचन क्षेत्रमा प्रवेश

1 Min Read

माघ ५, झापा- प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा आउनुहुने भएको छ।
एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी कार्यकर्ताको स्वागत र्‍यालीसहित आफ्नो निर्वाचन क्षेत्रमा प्रवेश गर्नुहुने कार्यक्रम रहेको छ।


भोलि उम्मेदवारी दर्ता गरेपछि अध्यक्ष ओली केही दिन निर्वाचन क्षेत्रमै बसेर कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ। जेनजी आन्दोलनपछि ओली पहिलोपटक झापा आउन लाग्नु भएको हो।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन दर्ता गर्ने र त्यसपछि मात्रै चुनावी रणनीति तथा योजनाहरू तयार गरिने एमाले झापा सचिव कार्कीले जानकारी दिनुभयो।

Share This Article
Leave a Comment