राष्ट्रियसभा निर्वाचन: कांग्रेस–एमाले–लोसपा गठबन्धनले सबै सिटमा जित हात पार्‍यो

1 Min Read

११ माघ— राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच बनेको गठबन्धनले सबै सिटमा जीत हासिल गरेको छ।
निर्वाचनको परिणामअनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र लोसपाले १ सिट जितेका छन्। आउँदो फागुन २० गतेदेखि रिक्त हुने १९ पदमध्ये राष्ट्रपतिबाट मनोनीत हुने १ पद बाहेक १८ पदका लागि निर्वाचन भएको हो।
यसअन्तर्गत १ सिटमा उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए भने बाँकी १७ सिटका लागि आज मतदान सम्पन्न भएको थियो।

कोशी प्रदेश
१. सुनिलबहादुर थापा निर्विरोध निर्वाचित, नेपाली कांग्रेस
२. रोशनी मेचे, नेकपा एमाले
३. सोमनाथ पोर्तेल, नेकपा एमाले

मधेश प्रदेश
१. धमेन्द्र पासवान, नेपाली कांग्रेस
२. रञ्जित कर्ण, नेपाली कांग्रेस
३. महन्थ ठाकुर, लोसपा
४. रेखाकुमारी झा, नेकपा एमाले

बागमती प्रदेश
१. गीता देवकोटा, नेपाली कांग्रेस
२. प्रेमप्रसाद दंगाल, नेकपा एमाले

गण्डकी प्रदेश
१. सम्झना देवकोटा, नेकपा एमाले
२. जगत तिमिल्सिना, नेपाली कांग्रेस

लुम्बिनी प्रदेश
१. बासुदेव जंगली, नेपाली कांग्रेस
२. चन्द्रबहादुर केसी, नेपाली कांग्रेस
३. रामकुमारी झाक्री, नेकपा एमाले

कर्णाली प्रदेश
१. ललितजङ्ग शाही, नेपाली कांग्रेस
२, मीनासिंह रखाल, नेकपा एमाले

सुदूरपश्चिम प्रदेश
१. लीलाकुमारी भण्डारी, नेकपा एमाले
२. खम्मबहादुर खाती, नेपाली कांग्रेस

Share This Article
Leave a Comment