११ माघ— आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले आज औपचारिक रूपमा निर्वाचनको अन्तिम नतिजा घोषणा गरेको हो ।
राष्ट्रियसभामा रिक्त रहेका १८ पदका लागि देशका सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमार्फत निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए ।
आयोगका अनुसार निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मतगणनापछि प्राप्त परिणामअनुसार निर्वाचित उम्मेदवारहरूको विवरण सार्वजनिक गरिएको छ । निर्वाचनबाट महिला, दलित, अन्य तथा खुला समूहअन्तर्गतका प्रतिनिधि राष्ट्रियसभामा चयन भएका छन् ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबै सरोकारवाला निकाय, सुरक्षाकर्मी, कर्मचारी तथा मतदाताप्रति धन्यवाद ज्ञापन गरेको छ ।
राष्ट्रिय सभामा निर्वाचित हुनेहरू




