फागुन ३ , झापा। नेपाली कांग्रेस ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको आफ्नो प्रतिज्ञापत्र आज निर्वाचन आयोगमा बुझाउने भएको छ । यद्यपि, पार्टी कार्यालय सानेपामा आज सार्वजनिक गर्ने तय गरिएको कार्यक्रम भने स्थगित गरिएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसे ले संशोधित कार्यक्रमअनुसार अब प्रतिज्ञापत्र मधेश प्रदेशको जनकपुरधाममा बुधबार सार्वजनिक गरिने जानकारी दिनुभयो । कांग्रेसले यही फागुन ६ गते जनकपुरधामबाट चुनावी सभाको औपचारिक सुरूआत गर्दैछ । सोही सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गरिने उहाँको भनाइ छ ।
निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूलाई आजसम्म घोषणापत्र पेस गर्न समयसीमा दिएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा) लगायतले आफ्नो चुनावी घोषणापत्र तथा संकल्पपत्र सार्वजनिक गरिसकेका छन् ।
यसैबीच नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत केही दलको घोषणापत्र भने सार्वजनिक हुन बाँकी रहेको छ ।
जनकपुरबाट कांग्रेसको चुनावी अभियान सुरू, प्रतिज्ञापत्र बुधबार सार्वजनिक हुने
Leave a Comment
Leave a Comment

