टी–२० विश्वकप : भारत र पाकिस्तानबीचको खेल आज

1 Min Read

फागुन ३ , झापा।  आईसीसी टी–२० विश्वकपअन्तर्गत आज सबैभन्दा प्रतिक्षित छिमेकी दुई देश भारत र पाकिस्तानबीचको खेल हुँदैछ । भारत र श्रीलङ्कामा जारी प्रतियोगितामा यी दुई टोलीबीचको भिडन्त श्रीलङ्काको कोलम्बोमा बेलुका सवा ७ बजे सुरु हुनेछ ।

आजको खेल समूह चरणअन्तर्गत भए पनि यसको प्रभाव र नतिजा दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । समूह ‘ए’ मा रहेका दुवै टोलीले यसअघिका दुई–दुई खेल जित्दै समान ४ अङ्क जोडिसकेका छन् । नेटरनरेटका आधारमा भारत तालिकाको शीर्ष स्थानमा रहेको छ भने पाकिस्तान दोस्रो स्थानमा छ ।

Share This Article
Leave a Comment