आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु, फागुन १७ सम्म सञ्चालन

1 Min Read

फागुन ३ , झापा।  नेप्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोग ले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष मतदाता शिक्षा कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
आयोगका अनुसार आजदेखि सुरु भएको कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ। यस अवधिमा मतदातालाई मताधिकारको महत्व, मतदान प्रक्रिया र सही तरिकाले मत हाल्ने विषयमा जानकारी प्रदान गरिनेछ।
कार्यक्रमअन्तर्गत प्रत्येक वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको आयोगले जनाएको छ। खटिएका स्वयंसेवकले घरदैलोमै पुगेर नमूना मतपत्रको प्रयोगमार्फत मतदान प्रक्रिया, मतपत्रमा छाप लगाउने तरिका र बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनेछन्।
आयोगको विश्वास छ कि प्रभावकारी मतदाता शिक्षाले मतदाताको सहभागिता दर वृद्धि गर्नुका साथै बदर मतको अनुपात घटाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।
कार्यक्रम सफल बनाउन आयोगले सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार माध्यमलगायत सम्पूर्ण सरोकारवालासँग आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि आग्रह गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै पक्षको सक्रिय सहभागिताले कार्यक्रम अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

Share This Article
Leave a Comment