चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह

1 Min Read

फागुन ५- राष्ट्रिय मानवअधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सुरक्षा निकायलाई आग्रह गरेको छ। निर्वाचन सुरक्षाको तयारी तथा मानवअधिकार संरक्षणको अवस्थाबारे आयोगले सरकारका चारवटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको हो।
आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सुरक्षा व्यवस्था थप प्रभावकारी र चुस्त बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको जानकारी दिनुभयो। छलफल कार्यक्रममा आयोगका पदाधिकारीहरूका साथै नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति रहेको थियो।
छलफलपछि आयोगले आवश्यक सञ्चार उपकरण, सुरक्षा सामग्री, यातायात व्यवस्थालगायत चुनावी सुरक्षासम्बन्धी सम्पूर्ण तयारी समयमै पूरा गर्न सरकारलाई निर्देशन दिएको छ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षाका साथै मानवअधिकार संरक्षण सुनिश्चित गर्न भएका कार्यहरूको विस्तृत जानकारी गराउन सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ।
आयोगले निर्वाचन प्रक्रियामा कुनै प्रकारको डर, दबाब वा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाउन सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्न पनि जोड दिएको

Share This Article
Leave a Comment