फागुन ९– राष्ट्रिय बास्केटबल लिग (एचजेबीएल) आगामी चैत १० गतेदेखि वैशाख ११ गतेसम्म सञ्चालन हुने भएको छ । नेपाल बास्केटबल सङ्घ ले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्ड हल मा आयोजना हुने जानकारी दिएको हो ।
३२ दिनसम्म चल्ने लिगमा आर्मी, काठमाडौँ भ्याली कलेज हाउन्ड्स, टाइम्स इन्टरनेशनल कलेज, गोल्डेनगेट इन्टरनेशनल कलेज, प्लेबक्स, सोलो बास्केटबल, कीर्तिपुर र रोयल गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा खेलाइनेछ भने शीर्ष स्थानमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन् ।
खेलहरू दैनिक दिउँसो ४ बजे र बेलुकी ७ बजे सञ्चालन हुने आयोजकले जनाएको छ । लिगमार्फत नेपाली बास्केटबललाई व्यावसायिक संरचना प्रदान गर्नुका साथै खेलाडीहरूलाई थप अवसर र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने लक्ष्य राखिएको छ ।
गत संस्करणको उपाधि टाइम्स बास्केटबल क्लबले जितेको थियो । आयोजकले यसपटकको संस्करण अझ व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेको छ ।
राष्ट्रिय बास्केटबल लिग चैत १० देखि
Leave a Comment
Leave a Comment

