पेचिलो निर्वाचनलाई सरल बनाएका छौं : निर्वाचन आयुक्त भण्डारी

1 Min Read

फागुन १० – निर्वाचन आयोगका प्रमुख आयुक्तले शताब्दीकै पेचिलो मानिएको निर्वाचनलाई आयोगले सरल बनाएको बताउनुभएको छ। गोरखापत्र संस्थानले आइतबार काठमाडौँमा आयोजना गरेको निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रममा उहाँले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभयो।

उहाँका अनुसार देशको विथोलिएको वातावरणलाई लयमा ल्याउने एकमात्र विकल्प निर्वाचन नै हो। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुने र कुनै पनि हालतमा निर्वाचन नबिथोलिने उहाँले जिकिर गर्नुभयो।
केही तत्वले हल्ला फैलाएर वातावरण प्रभावित पार्न खोजे पनि त्यो सफल नहुने दाबी गर्दै उहाँले उम्मेदवार र दलहरूलाई भ्रममा नपरी प्रचार–प्रसारमा सक्रिय हुन आग्रह गर्नुभयो। निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने गतिविधि सरकार र आयोगले नजिकबाट अनुगमन गरिरहेको पनि उहाँले बताउनुभयो।

आचारसंहिता पालना गर्न सबैसँग आग्रह गर्दै प्रमुख आयुक्तले सञ्चारमाध्यमलाई मत सर्वेक्षण नगर्न पुनः सचेत गराउनुभयो। आचारसंहिता विपरीत कार्य भए कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभयो।

Share This Article
Leave a Comment