चर्चित गायिका मेलिना राईको स्वरमा ‘मायाको डोरी’ सार्वजनिक

1 Min Read

चैत १२ — नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएमको स्वरमा सजिएको छ । गीतमा शब्द रचना नरेश एमसीले गरेका छन् भने संगीत संयोजन राजु आर्यालको रहेको छ । गीतको अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो ।
गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् । मौलिक ढाँचामा तयार गरिएको गीतमा सहर रहेको मायालु जोडि र गाउँमा रहेकी प्रेमी प्रेमिका विचको भावनात्मक प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । प्रेमभावमा आधारित गीत ‘मायाको डोरी’ दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । भिडियोतर्फ दीपक गिरीको छायाँकन , नवीन घर्ती मगरको सम्पादन एवम कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन । नरेश एमसी र डेबिका कार्कीको अभिनय देख्न सकिन्छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

<iframe title=”YouTube video player” src=”https://www.youtube.com/embed/7VYWry56Sj8?si=jo6aY1AqQ8nrNWhQ” width=”100%” height=”315″ frameborder=”0″ allowfullscreen=”allowfullscreen”></iframe>

Share This Article
Leave a Comment