विरोध र्‍यालीसंगै झापाका एमाले कार्यकर्ताहरुले बुझाए विरोध पत्र

1 Min Read

झापा, चैत १५ – पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा झापाका एमाले नेता कार्यकर्ताहरुले आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने एमालेले केन्द्रमा निर्णय अनुसार एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई विरोध पत्र बुझाएका हुन ।
शनिबार बिहानै ओली र लेखक पक्राउ परेपछि एमाले सडक संघर्षमा उत्रिएको छ । सरकारले भदौ २३ र २४ मा भएका घटनाको जाँचबुझ गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बालेन्द्र शा नेतृत्वको सरकारको निर्णय गरे पछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

Share This Article
Leave a Comment