चैत १५ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका यस्ता कक्षाहरू अब बन्द गरिने भएका हुन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ब्रिज कोर्सले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्ने, शिक्षामा समतामूलक पहुँच कमजोर बनाउने तथा अभिभावकमाथि अनावश्यक आर्थिक भार थप्ने देखिएकाले यस्तो निर्णय गरिएको हो ।
मन्त्रालयले आगामी वैशाख १ गतेदेखि देशभर ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने स्पष्ट पारेको छ ।
नव नियुक्त शिक्षा मन्त्री सस्मित पोखरेल पदभार सम्हालेपछि गरिएको यो निर्णयलाई शिक्षा क्षेत्रमा सुधारको प्रयासका रूपमा हेरिएको छ ।


