चैत १९ – देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैं देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुनेछ ।
चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने एसइईका लागि सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी हुने भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र सहभागी हुँदै छन् । परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

