सार्वजनिक लेखा समितिका नव निर्वाचित सभापति भरतबहादुर खड्काले सङ्घदेखि स्थानीय तहसम्मका सरकारी निकायहरूमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको बताउनु भएको छ ।
सर्वसम्मत रूपमा निर्वाचित हुनुभए पछि पत्रकार हरु संग कुराकानी गर्दै खडकाले त्यसको सुधारका लागि आफुले प्राथमिकता दिने बताउनुभयो । समितिको शुक्रबारको बैठकले खड्कालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
खड्कालाई सभापति पदमा चयन गरियोस् भनी मोहनबहादुर आचार्यले प्रस्ताव गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
नवनिर्वाचित सभापति खड्काले सार्वजनिक लेखा समितिलाई राज्यको महत्त्वपूर्ण अङ्गका रूपमा परिभाषित गर्दै आफ्नो कार्यकालमा आर्थिक सुशासन र वित्तीय अनुशासनलाई प्रमुख एजेन्डा बनाउने बताउनु भयो । विगतका अनुभव, योग्यता र क्षमतालाई अधिकतम प्रयोग गर्दै समितिको गरिमा बढाउने खडकाको प्रतिबद्धता थियो ।

