जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण

1 Min Read

वैशाख १३ –  जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढिरहेको छ।

साहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकहरूका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने, खाने लगायतका आधारभूत सुविधाहरूको प्रवन्ध मिलाएको छ ।

स्थानान्तरण गर्नुपर्ने सामान ढुवानीसहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सहज रूपमा पुर्‍याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको र रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायातसहित बसोबासको व्यवस्था मिलाईएकाे सहरी विकास मन्त्रालयले जनाएको छ ।

Share This Article
Leave a Comment