एसईई नतिजामा सुधार, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

1 Min Read

वैशाख २९ — एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमै हिजो नतिजा सार्वजनिक गरिएको हो । यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसपालि २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् ।
नतिजाअनुसार ४८ हजार ३९२ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन् । ८० हजार ३७२ जनाले ३.२० देखि ३.६०, ९४ हजार २२२ जनाले २.८० देखि ३.२०, ५५ हजार ९७७ जनाले २.४० देखि २.८० जिपिए प्राप्त गरेका छन् ।

त्यस्तै ५ हजार १९० जनाले २.०० देखि २.४० जिपिए ल्याएका छन् भने ७ जनाले १.६० देखि २.०० जिपिए प्राप्त गरेका छन् ।
दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले तत्काल ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको छ । शिक्षा मन्त्रालयको निर्देशनअनुसार यस वर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गरिएको हो ।

Share This Article
Leave a Comment