आदर्श प्राथमिक विद्यालयमा गौरीगन्ज ५ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

2 Min Read

२८ बैशाख ,झापा — सन्तानका लागि आमा कार्यक्रम मार्फत आज गौरीगन्ज ५ मा अवस्थित आदर्श प्राथमिक विद्यालयका आमाहरू लाई उत्प्रेरित गरिएको छ ।
गौरीगन्ज गाउँपालिकाकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित गर्ने उदेश्यले कार्यक्रम संचालन गरेको हो ।
आजको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुकदेव प्रसाद गनगाइ , गुरुआमा कविता राई सहित एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक एवं आमा उत्प्रेरणा अभियानकर्मी युवराज भट्टराईले आमाहरूलाई सन्तानको भविस्य उज्ज्वल बनाउन ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी गराउँदै व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागी आमाहरूलालाई असल खानपान, असल संगत, नियमितता, अभिभावकद्वारा गरिने विद्यालय अनुगमनको महत्त्व, सामाजिक सञ्जालको सदुपयोग,मोबाईलको सहि प्रयोग, लगायतका विभिन्न विषयमा जानकारी गराइयो । कार्यक्रमको गौरिगन्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर तथा शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख राम मिश्रले अनुगमन समेत गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा एफएम प्लस ८९.१ मेगाहर्जका स्टेसन संयोजन मन्जु डाँगीसंग प्रतिक्रिया दिदै आमाहरू सहितका अभिभावकहरुले कार्यक्रममा बुझेका कुराहरुको बारेमा बताउदै सन्तानको उज्ज्वल भविस्यका लागि भएका कुराहरूलाई ब्यवहारमा समेत उतार्ने बताउनुभयो । आमाहरूले अब सचेत भएर खान -पान , आहार -विहार , पठनपाठन ,बोलीचाली लागयतका कुरामा ध्यानदिदै छोराछोरीलाई असल संस्कार सिकाउदै सन्तानलाई असल,सफल ,स्वस्थ र ज्ञानी बनाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष सागरी राजवंशी ,ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधि सहित उल्लेख्य संख्यामा आमा बुबाहरूको उपस्थिति रहेको थियो ।

Share This Article
Leave a Comment