गौरीया प्राथमिक विद्यालयमा गौरीगञ्ज–४ मा ‘सन्तानका लागि आमा’ कार्यक्रम सम्पन्न

1 Min Read

२७ बैशाख, झापा — ‘सन्तानका लागि आमा’ कार्यक्रममार्फत आज गौरीगञ्ज–४ मा अवस्थित गौरीया प्राथमिक विद्यालयका आमाहरूलाई उत्प्रेरित गरिएको छ।

गौरीगञ्ज गाउँपालिकाको सहयोगमा एफएम प्लस ८९.१ मेगाहर्जले सामुदायिक विद्यालयका अभिभावक आमाहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो।

आजको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राजवंशी, स्थानीय सामाजिक व्यक्तित्व पञ्चानन्द यादव, व्यवस्थापन समिति सदस्य उर्मिला ताजपुरिया, गुरुआमा इन्द्रावती राजवंशी सहित एफएम प्लस ८९.१ मेगाहर्जका प्रवन्ध निर्देशक एवं आमा उत्प्रेरणा अभियानकर्मी युवराज भट्टराईले आमाहरूलाई सन्तानको भविष्य उज्ज्वल बनाउन ध्यान दिनुपर्ने विषयहरूबारे जानकारी गराउँदै व्यवहारमा उतार्न प्रेरित गर्नुभयो।

कार्यक्रममा सहभागी आमाहरूलाई असल खानपान, असल संगत, नियमितता, अभिभावकद्वारा गरिने विद्यालय अनुगमनको महत्त्व, सामाजिक सञ्जालको सदुपयोग, मोबाइलको सही प्रयोग लगायतका विभिन्न विषयमा जानकारी गराइयो।

कार्यक्रमको अन्त्यमा एफएम प्लस ८९.१ मेगाहर्जकी स्टेशन संयोजक मञ्जु डाँगीसँग प्रतिक्रिया दिँदै आमाहरू सहितका अभिभावकहरूले सन्तानको उज्ज्वल भविष्यका लागि भएका कुराहरूलाई व्यवहारमा समेत उतार्ने बताउनुभयो। आमाहरूले अबदेखि सचेत भएर खानपान, आहार-विहार, पठनपाठन, बोलीचाली लगायतका कुरामा ध्यान दिँदै छोराछोरीलाई असल संस्कार सिकाउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजेश ऋषिदेव, व्यवस्थापन समिति तथा शिक्षक-अभिभावक संघका प्रतिनिधि सहित उल्लेख्य संख्यामा आमाहरूको उपस्थिति रहेको थियो।

See less

Share This Article
Leave a Comment