रास्वपा झापाको सभापतिमा भण्डारी तथा उपसभापतिमा ढकाल

1 Min Read

झापा, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित हुनुभएको छ। आज बिहान सार्वजनिक निर्वाचन परिणामअनुसार भण्डारीले ३४१ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो।

सभापति पदका अन्य प्रतिस्पर्धी लक्ष्मण बस्नेतले २४७ मत तथा अर्जुन मैनालीले २५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा पुष्पलाल ढकाल २१० मतसहित निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित जिल्ला समितिको सचिवमा विरोध सुवेदी तथा सहसचिवमा भीम कुँवर हुनुहुन्छ । कार्यसमितिका सदस्यहरूमा डिल्ली न्यौपाने, शान्ति माया न्यौपाने र राजनारायण राजवंशी चयन हुनुभएको रावस्वपा श्रोतले जानकारी दिएको छ।

अधिवेशनले क्षेत्रीय सभापतिहरू पनि निर्वाचित गरेको छ। नवनिर्वाचित क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर १ बाट कमल गौतम, क्षेत्र नम्बर २ बाट गोपाल कटवाल (निर्विरोध), क्षेत्र नम्बर ३ बाट कमल बानियाँ, क्षेत्र नम्बर ४ बाट लिलामाया बस्नेत (निर्विरोध) तथा क्षेत्र नम्बर ५ मा चुडामणि पाठक निर्वाचित हुनुहुन्छ ।

देशकै सबैभन्दा ठुलो दल रास्वपाले हिजो झापासहित ३८ जिल्लाको अधिवेशन सम्पन्न गरेको थियो भने आज थप २८ जिल्लामा अधिवेशन गर्दैछ ।

Share This Article
Leave a Comment