१. साहस र समर्पणका पर्याय विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली आरोहीको दु:खद निधन कहिले भएको हो ?
@ विसं २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०)
– विश्वका सर्वोच्च शिखरहरूमा पाइला टेक्दै नेपालको नाम सगरमाथाभन्दा माथि पु¥याउने अदम्य साहस र समर्पणका प्रतीक निर्मल पुर्जा (निम्स दाइ) सहित छ नेपाली र चार अन्य मुलुकका गरी १० आरोहीको पाकिस्तानस्थित ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी दु:खद निधन भएको । यस अकल्पनीय निधनले सिङ्गो विश्व पर्वतारोहण क्षेत्रलाई स्तब्ध र शोकमग्न बनाएको ।
घटनाको सङ्क्षिप्त विवरण
– निधन भएको मिति : विसं २०८३ साउन १४ (सन् २०२६ जुलाई ३०),
– स्थान : पाकिस्तानमा अवस्थित विश्वको १२ औँ अग्लो
‘ब्रोड पिक’ हिमाल, जसको उचाइ ८,०५१ मिटर छ,
– कारण : भीषण हिमपहिरोमा परेर,
– क्षति : विश्व कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना आरोहीको मृत्यु ।
ज्यान गुमाएका छ नेपाली
१. निर्मल पुर्जा (निम्स दाइ) – म्याग्दी, दाना
२. पुरबहादुर गुरुङ (युक्त) – गोरखा
३. किलीपेम्बा शेर्पा (किलु) – दोलखा
४. निमा शेर्पा – सङ्खुवासभा
५. नवाङ थिन्डु शेर्पा – सङ्खुवासभा
६. ग्यालु शेर्पा – ओखलढुङ्गा
निर्मल पुर्जाको व्यक्तिगत विवरण :
– नाम : निर्मल पुर्जा (उपनाम : निम्स दाइ)
– जन्ममिति : विसं २०४० साउन ९ (सन् १९८३ जुलाई २५)
– जन्मस्थान : म्याग्दी जिल्ला, दानागाउँ (गण्डकी प्रदेश, नेपाल)
– उमेर (निधन हुँदा) : ४३ वर्ष
– नागरिकता : नेपाल र संयुक्त अधिराज्य (युके)
– पेसा/पृष्ठभूमि : पर्वतारोही, बेलायतको गोर्खा रेजिमेन्टमा सेवा गरी विशेष सुरक्षा बल (एसबिएस) मा आबद्ध पूर्वगोर्खा सैनिक ।
– पत्नी : सूची पुर्जा, सन्तान : एक छोरी ।
प्रमुख विश्व कीर्तिमान तथा उपलब्धि
– प्रोजेक्ट पोसिबल (सन् २०१९) : विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटै हिमाल मात्र छ महिना छ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम । यो रेकर्ड सन् २०२३ सम्म कायम थियो,
– सबैभन्दा छिटो आरोहण : सगरमाथा, ल्होत्से र मकालु जस्ता कठिन हिमाल मात्र ४८ घण्टाभित्रै सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका,
– के–२ हिमालको ऐतिहासिक आरोहण : सन् २०२१ को जनवरीमा के–२ हिमाल जाडोयाममा पहिलो पटक सफल आरोहण गर्ने १० नेपाली सदस्य टोलीको नेतृत्व गरेका,
– सम्मान तथा पुरस्कार : बेलायत सरकारबाट ‘मेम्बर अफ दी अर्डर अफ दी ब्रिटिस एम्पायर’ सम्मान प्राप्त गरेका,
– साहित्य÷कृति : उनको साहसिक यात्रामा आधारित पुस्तक ‘बियोन्ड पोसिबल’ र नेटफ्लिक्समा ‘१४ पिक : नथिङ इज इम्पोसिबल’ नामक डकुमेन्ट्री निकै प्रेरणादायी रहेका,
– आधुनिक पर्वतारोहणका एक मार्गदर्शक र इतिहासकै महान् आरोहीमध्येका अद्वितीय प्रतिभा निम्सले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट पहिचान दिलाउन महìवपूर्ण भूमिका निर्वाह गरेका ।
२. प्रसिद्ध पद्मश्री साहित्य पुरस्कार, २०८२ का लागि सङ्क्षिप्त सूचीमा पर्न सफल कृति कुन कुन हुन् ?
@ तोरकीन (क्षितिज समर्पण), महायुग (सीमा आभास), स्वस्पर्श (डा. नवराज केसी), सलह (श्रवण मुकारुङ), हिउँद (नदीश)
३. आर्थिक ऐन, २०८३ अनुसार लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सूचना रापजत्रमा कहिले प्रकाशित भएको हो ?
@ विसं २०८३ साउन ६
– हालसम्म असुल गरिएको शिक्षा समता शुल्क वा स्वास्थ्य समता शुल्क असुलउपर गर्ने व्यक्ति वा निकायले भुक्तानीकर्तालाई १५ दिनभित्र फिर्ता दिने र सो अवधिभित्र फिर्ता दिन सम्भव नभएमा सङ्घीय सञ्चित कोषमा दाखिला गर्ने जनाइएको ।
४. गाजामा शान्ति कायम गर्ने सम्बन्धमा बोर्ड अफ पिस, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा भएको सम्झौता अनुसार गाजास्थित हमास र अन्य सशस्त्र समूहले कुन निकायलाई आफ्नो हतियार बुझाउने सहमति भएको छ ?
@ नेसनल कमिटी फर दी एडमिनिस्ट्रेसन अफ गाजा (एनसिएजी),
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ जुलाई ३० मा ‘बोर्ड अफ पिस’, हमास तथा अन्य सशस्त्र समूहबिच इजिप्टमा गाजाको पूर्ण नि:शस्त्रीकरणसम्बन्धी सम्झौता भएको घोषणा गरेका ।
५. दाहाल यज्ञनिधि पुरस्कार–२०८३ बाट ककसलाई प्रदान गरियो ?
@ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा,
– भारतको मणिपुरमा बसेर नेपाली भाषा साहित्य र शिक्षणमा सक्रिय साहित्यकार भवानी अधिकारी र सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याउने निर्देशक नवीन सुब्बालाई यो पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको,
– यस पुरस्कारको राशि संयुक्त रूपमा एक लाख ५० हजार रुपियाँ रहेको ।
६. राष्ट्रिय बाघ सर्वेक्षण, २०८२ अनुसार हाल नेपालमा बाघको सङ्ख्या कति पुगेको छ ?
@ ४२९
– सार्वजनिक मिति : २०८३ साउन १३ (२९ जुलाई २०२६, विश्व बाघ दिवसका अवसरमा ।)
सर्वेक्षणका प्रमुख झलक
– कुल अनुमानित बाघको सङ्ख्या : ४२९ वटा (सीमा : ४०२–५००)
– पहिचान भएका छुट्टाछुट्टै बाघ : ३७३ वटा
– सर्वेक्षण गरिएको कुल क्षेत्रफल : सात ३९३ वर्ग किमी
सर्वेक्षणको वैज्ञानिक तथा प्राविधिक पक्ष
– बाघको वासस्थानलाई तीन वटा मुख्य कम्प्लेक्स (चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स) मा विभाजन गरी सर्वेक्षण गरिएको,
– हरेक कम्प्लेक्सलाई दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिडहरूमा बाँडिएको । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामरा जडान गरी अनुगमन गरिएको,
– ‘स्पेसियल्ली एक्सप्लिसिट क्याप्चर–रिक्याप्चार’ मोडेलको प्रयोग गरिएको ।
कुन निकुञ्जमा कति छन् बाघ ?
– चितवन राष्ट्रिय निकुञ्ज : १४५ वटा (सबैभन्दा बढी)
– बर्दिया राष्ट्रिय निकुञ्ज : ११२ वटा
– पर्सा राष्ट्रिय निकुञ्ज : ७१ वटा
– बाँके राष्ट्रिय निकुञ्ज : ५१ वटा
– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : ५० वटा
– विसं २०८२ पुस १–२०८३ वैशाख १० सम्म सञ्चालित यस सर्वेक्षणमा एक हजार ८४८ वटा ग्रिडमा कुल तीन हजार ६९६ स्वचालित क्यामरा प्रयोग गरिएका । ती क्यामराबाट बाघका ११ हजार ९११ तस्बिर प्राप्त भएका ।
नेपालमा बाघको सङ्ख्या बढ्दो क्रममा
सन् २०१० १२१
सन् २०१४ १९८
सन् २०१८ २३५
सन् २०२२ ३५५
सन् २०२६ ४२९
नोट : नेपालमा हरेक चार/चार वर्षमा बाघ गणना हुने ।
– हाल विश्वभर पाँच हजार छ सयभन्दा बढी बाघ रहेको अनुमान ।
– बाघ संरक्षणलाई निरन्तरता दिन सन् २०२३–२०३२ सम्मको अवधिलाई बाघसम्बन्धी १० बर्से कार्ययोजनाका रूपमा सञ्चालन ।
बाघ दिवसको नारा :
– सन् २०२६ : सेभ दी टाइगर्स, सेभ दी वाइल्ड ।
– सन् २०२५ : रेइज अवेयरनेस अबाउट दी इम्पोर्टेन्स अफ टाइगर्स एन्ड दी थ्रेट्स दे फेस ।
७. राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ?
@ विसं २०८३ असार २४
– सार्वजनिक यातायात र सडक पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागिता प्रवर्धन गर्न पिपिपी तथा अन्य उपयुक्त मोडेल अवलम्बन गरिने नयाँ नीतिमा उल्लेख ।
८. अमेरिकाको वासिङ्टन डिसीमा आयोजित ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि कसले जितेकी छन् ?
@ दीपिका शर्मा (मेरिल्यान्ड)
– प्रथम उपविजेता : अनामिका श्रेष्ठ (मिसिगन)
– दोस्रो उपविजेता : अनामिका खड्गी (साउथ क्यारोलाइना)
– तेस्रो उपविजेता : रेश्मा निरौला (टेक्सास)
– ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीले भाग लिएका
– आयोजक संस्था : ड्रिम्ज युनिभर्सल (प्रमुख : शैलैन्द्र श्रेष्ठ)
९. विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ ?
@ जुलाई २८
– सन् २०२६ को अन्तर्राष्ट्रिय नारा : हेपाटाइटिस : लेट्स ब्रेक इट डाउन ।
१०. फिफा विश्वकप २०२६ मा ‘गोल अफ दी टुर्नामेन्ट’ घोषित गोल कुन हो ?
@ केप भर्डेका डिफेन्डर सिड्नी लोपेस काब्रालले अर्जेन्टिनाविरुद्धको खेलमा गरेको गोल
११. नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ ?
@ साउन १६ गते
– विसं २०८२ असार २३ गतेको मन्त्रीपरिषद् बैठकले हरेक वर्षको साउन १६ गतेलाई औपचारिक रूपमा ‘कोदो दिवस’ मनाउने निर्णय गरेको । यद्यपि यसअघि नेपालमा विगत सात वर्षदेखि स्वस्फूर्त रूपमा साउन १५ मा
मनाइँदै आएको ।
१२. ‘दी हिडन ट्रेजर’ द्वारा आयोजित ‘मिस नेपाल २०२६’ को मुख्य उपाधि (मिस नेपाल वल्र्ड–२०२६) कसले जित्नुभएको हो ?
@ दीपमाला ढकाल
– मिस नेपाल इन्टरनेसनल–२०२६ : आर्या निशान्त
– मिस नेपाल कोस्मो–२०२६ : कशिश सुब्बा
– मिस नेपाल वल्र्ड २०२५ : लुना लुइटेल
१३. मधेश प्रदेश मानव अधिकार सम्मेलन कहिले सम्पन्न भएको हो ?
@ विसं २०८३ साउन ११
– मधेश प्रदेश मानव अधिकार सम्मेलनले दलित तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, मुक्त हरवाचरवाको पुनस्र्थापना, बालविवाह तथा लैङ्गिक हिंसा अन्त्य, जलवायु न्याय र आदिवासी जनजातिको अधिकार कार्यान्वयनलगायत विषय समेटेको १५ बुँदे घोषणापत्र जारी गरेको ।
१४. ‘आउट स्ट्यान्डिङ एसियन पेडियाट्रिसियन अवार्ड, २०२६’ बाट सम्मानित हुने नेपाली बालरोग विशेषज्ञ को हुन् ?
@ प्राडा मणीन्द्ररञ्जन बराल
– उक्त सम्मान श्रीलङ्काको कोलम्बोमा जुलाई २८ मा आयोजित १९ औँ एसिया प्यासिफिक कङ्ग्रेस अफ पेडियाट्रिक्सको उद्घाटन समारोहमा प्रदान गरिएको ।
१५. उद्योग विभागले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन कुन प्रणाली अनिवार्य रूपमा लागु गर्ने घोषणा गरेको छ ?
@ औद्योगिक व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस)
– उद्योग विभागले विसं २०८३ साउन १८ देखि उद्योग दर्तादेखि अन्य कामका लागि लगानीकर्ताले भौतिक रूपमा उपस्थित भएर दिने आवेदन तथा कागजात अनलाइनबाटै गर्नुपर्ने जनाएको । गोरखापत्र

