साउन २४- आज सुनको भाउ एकैदिन तोलामा चार हजार ८०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन तोलाको तीन लाख रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा तीन लाख एक हजार ७०० रुपैयाँ पुगेको छ । यसअघि हप्ताको अन्तिम कारोबार दिन तोलाको दुई लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको भाउ बढेको छ । महासंघकाअनुसार चाँदी आज तोलाको चार हजार ६४५ रुपैयाँ पुगेको छ ।

