२६ श्रावण- सरकारले सुनसरी र सिरहाको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
श्रावण १० गते राती सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछिका प्रदर्शनका क्रममा समेत गरि मृत्यु भएका ३ जना र सिरहामा मृत्यु भएका १ जना गरी ४ जनालाई शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
सुनसरीको घटनामा ओमप्रकाश मेहता, रविन्द्रकुमार मेहता र जयप्रकाश मेहता तथा सिरहामा गणेश यादवको प्रदर्शनको क्रममा मृत्यु भएको थियो ।

