कांग्रेस सभापति थापा द्वारा निवर्तमान सभापति देउवाको स्वदेश फिर्तीको स्वागत

1 Min Read

२८ साउन- केन्द्रीय कार्यसमिति बैठकमा निवर्तमान सभापति देउवाको स्वदेश फिर्तीको अवसरमा कांग्रेस सभापति थापाले स्वागत गर्नुभएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आज पनि जारी केन्द्रीय कार्यसमिति बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्नुभएको हो ।
बैठकमा सभापति थापाले ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु भंनेर आफ्ना कुरा राख्नुभएको सहभागी केन्द्रीय सदस्यहरुले जानकारी गराएका छन्।’
गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि गएका देउवा बिहीबार स्वदेश फर्किनु भएको हो।

उपचारका नेपालबाट सिङ्गापुर गएका देउवा त्यहाँका विभिन्न अस्पतालमा उपचार गराएपछि थप उपचार र परामर्शका लागि हङकङ पुग्नु भएको थियो। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवा दम्पती बुढानीलकण्ठस्थित निवासमा मरणासन्न हुने गरी कुटपिट भएको थियो ।

Share This Article
Leave a Comment