काठमाडौं विश्वविद्यालय केयूको उपकुलपतिमा प्रा.डा.बराल नियुक्त

1 Min Read

 साउन २९- काठमाडौं विश्वविद्यालय(केयू)को उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बराललाई नियुक्त गरेका हुन् । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो । केयूमै पढेका बराल त्यहाँको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक समेत हुन् । 

केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १० जनाको सूची सार्वजनिक गरिएको थियो ।त्यसमा प्रस्तुतिकरण र अन्तर्वार्ता लिइएको थियो । मेरिटको आधारमा उपकुलपतिको नाम सिफारिस गरिएको समितिको दाबी छ ।

Share This Article
Leave a Comment