असोज १ – आज सेयर बजार ११.९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४९ करोडको भयो ।
आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । यो समूह सबैभन्दा धेरै १.०८ प्रतिशत बढ्यो ।बैंकिङ ०.५८, विकास बैंक ०.३८, फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.८५, जलविद्युत् ०.६३, उत्पादन तथा प्रशोधन ०.२७, माइक्रोफाइनान्स ०.५५, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.२२ प्रतिशत बढे । लगानी ०.१८ र अन्य समूह ०.०४ प्रतिशत घटे ।
आज १७७ कम्पनीको मूल्य बढ्दा ८५ को घटेको छ । १६ कम्पनीको स्थिर रह्यो ।

