बूढीगण्डकी बाढी : दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

1 Min Read

आश्विन २५ –  गोरखा बूढीगण्डकीमा आज बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ ।

प्रहरीका अनुसार  चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत-सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ ।यसैगरी गोरखाको धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बगाएको प्रहरीले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

Share This Article
Leave a Comment