१. सन् २०२६ को नोबेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
नाभनेथेम ‘नाभी’ पिल्ले (दक्षिण अफ्रिका)

२. अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५३ औँ महासभा कहिले र कहाँ सम्पन्न भएको हो ?
सन् २०२६ अक्टोबर ५–९, आरुसा, तान्जानिया
– यस महासभमा नेपालका तर्फबाट सभामुख डिपी अर्याल सहभागी हुनुभएको ।
– तान्जानियाको आरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को यस महासभामा नेपालले भोटेकोशी बाढीको विषयलाई आकस्मिक प्रस्तावका रूपमा प्रस्तुत गरेको ।
– उक्त प्रस्ताव छलफलका लागि प्रस्तुत गर्ने सन्दर्भमा आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त भएको थियो ।
– नेपालको प्रस्तावमाथि दक्षिण अफ्रिका, भारत, नेदरल्यान्ड्स, संयुक्त अधिराज्य, संयुक्त अरब इमिरेट्स, टिमोर–लेस्टे, म्यान्मार, तान्जानिया, नाइजेरिया र इरानलगायतका संसद्का प्रतिनिधिले आआफ्नो धारणा राखेका थिए ।
– यस प्रस्तावले संसदीय जलवायु कूटनीतिको उत्कृष्ट अभ्यासको थालनी गर्ने तथा सदस्य राष्ट्रबिच जलवायु र मौसमसम्बन्धी सीमापार पूर्वसूचक प्रणाली र प्रविधिमा पहुँच पुर्याउन कानुनी ढाँचा तयार हुने विश्वास गरिएको ।
३. विश्व हुलाक दिवस कहिले मनाउने गरिन्छ ?
अक्टोबर ९
– सन् २०२६ (१५२ औँ) को नारा : ‘वान पोस्टल नेटवर्क, इनफिनिट पोसिबिलिटिज’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनगन्ती सम्भावना ।’
– संसारभरका सरकारी हुलाक सेवाको अन्तर्राष्ट्रिय छाता संस्था विश्व हुलाक सङ्घ (युपियु) सन् १८७४ अक्टोबर ९ मा स्थापित भई १५१ वर्ष पार गरेर १५२ औँ वर्षमा प्रवेश गरेको छ ।
– नेपालमा विसं १९३५ मा नेपाल हुलाक घर स्थापना गरी औपचारिक रूपमा हुलाक सेवा सुरु भएको हो । नेपालले सन् १९५६ अक्टोबर ११ (विसं २०१३ असोज २६) मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेको छ ।
४. प्रसिद्ध भारतीय अभिनेता नाना (विश्वनाथ) पाटेकरको निधन कहिले भयो ?
सन् २०२६ अक्टोबर ८ (७५ वर्षको उमेरमा)
– जन्म : सन् १९५१ जनवरी १, महाराष्ट्र
– पहिलो चलचित्र : गमन (सन् १९७९)
– परिन्दा, सलाम बम्बे, क्रान्तिवीर, अग्नि साक्षी, तिरङ्गा, खामोसी, नटसम्राट्, वेलकमलगायत थुप्रै चलचित्रमा पाटेकरले अभिनय गरेका छन् ।
– सम्मान : पद्मश्री (सन् २०१३, भारत सरकारद्वारा) तथा कलाकारितासम्बन्धी थुप्रै पुरस्कार तथा अवार्ड उनले प्राप्त गरेका छन् ।
– सादा जीवनशैली र स्पष्टवादी स्वभाव एवं समाजसेवी कलाकारका रूपमा उनले आफ्नो पहिचान बनाएका छन् ।
५. बुढीगण्डकी नदीमा भीषण बाढी कहिले आएको हो ?
विसं २०८३ असोज २५
– गोरखाको चुमनुब्री गाउँपालिकामा ठुलो पहिरो खसेर नदी थुनिएपछि बाँध फुट्दा आकस्मिक बाढी आएको हो । यस बाढीबाट गोरखाका दुई गाउँपालिका चुमनुब्री र धार्चे सबैभन्दा बढी प्रभावित भएका छन् ।
– बाढीका कारण चार दर्जन घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सो बाढीले तीन वटा पक्की एवं तीन वटा झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ ।
६. ‘खुसी मिल्न तपाईंको सोचाइ, बोलाइ र गराइमा समानता हुनु पर्छ ।’ भन्ने विचारक को हुन् ?
महात्मा गान्धी
७. कोशी प्रदेश सरकारले कति वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ ?
१३
– कोशी प्रदेशले नेपाली भाषाका अतिरिक्त १३ वटा राष्ट्रभाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिएको छ ।
– १३ भाषा : मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तावा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सान्थाली ।
८. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?
सन् १९८९
– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको छ ।
– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको हो ।
९. नेपालमा कागजपत्रमा मिति उल्लेख गर्दा तिथि र बार लेख्ने चलन कहिलेसम्म कायम थियो ?
विसं. १९६१ माघ
१०. सञ्चार प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ ?
चीन (सन् २०२६ अप्रिल)
मुख्य उपलब्धि : विश्वकै पहिलो ‘प्रिसिक्सजी’ परीक्षण नेटवर्कको शुभारम्भ ।
प्रमुख क्षमता : हाल प्रचलनमा रहेको फाइभजी भन्दा १० गुणा बढी ।
प्राविधिक विशेषता:
– उच्च ब्यान्डविथ र न्यूनतम ढिलाइ (लो लेटेन्सी) ।
– आर्टिफिसियल इन्टेलिजेन्सको सहज एकीकरण ।
– लामो दुरीको कभरेज र प्रणालीगत प्रमाणीकरण ।
परीक्षणका प्रमुख क्षेत्र :
१. होलोग्राफिक कम्युनिकेसन (त्रिविमीय सञ्चार) ।
२. रोबोटिक्स र एम्बडेड इन्टेलिजेन्स ।
३. औद्योगिक उत्पादन ।
४. लो–अल्टिच्युड इन्सपेक्सन ।
११. जिटुजी अवधारणा केसँग सम्बन्धित छ ?
वैदशिक रोजगार
१२. अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा आर्थिक स्थितिपत्र २०८३ कहिले सार्वजनिक गरिएको हो ?
विसं. २०८३ वैशाख १४
१३. कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताको आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ ?
मेरिटमा आधारित सरुवा तथा पदस्थापन (मेरिट–बेस्ड ट्रान्सफर एन्ड प्लेसमेन्ट)
– नेपालमा नयाँ सरकारद्वारा (विसं. २०८२ चैत महिनादेखि) यसको सुरुवात गरिएको हो ।
– मुख्य आधार : राजनीतिक दबाब, पहुँच, व्यक्तिगत सम्बन्ध वा पक्षपातका आधारमा नभई विशुद्ध कार्यसम्पादन र योग्यताका आधारमा कर्मचारीको नियुक्ति वा सरुवा गरिने ।
१४. नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३ अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा कृषिक्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
२५.२ प्रतिशत
जिडिपीमा क्षेत्रगत योगदान :
– कृषि : २५.२ प्रतिशत ।
– सेवा क्षेत्र : ५७.५ प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको ।
– उद्योग : १४.१ प्रतिशतबाट घटेर १२.८ प्रतिशतमा झरेको ।
– विद्युत् पहुँच : एक दशकमा विद्युत् उत्पादन ८२९ मेगावाटबाट तीन हजार ३८० मेगावाट पुगेको ।
– रेमिट्यान्स : कुल विप्रेषणको योगदान २७.४ प्रतिशत रहेको ।
सरकारका आगामी आर्थिक लक्ष्य
– प्रतिव्यक्ति आय : आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पु¥याइने ।
– अर्थतन्त्रको आकार : अर्थतन्त्रलाई एक सय अर्ब अमेरिकी डलरनजिक पुर्याइने ।
– विद्युत् उत्पादन : आगामी पाँच वर्षभित्र कुल जडित क्षमता पन्घ्र हजार मेगावाट पुर्याउने ।
– आर्थिक वृद्धि : आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने ।
आरोग्य पर्यटन रणनीति
– प्रमाणीकरणका तीन स्तर :
१. कांस्य : नेपाल आरोग्य प्रमाणित
२. रजत : नेपाल आरोग्य उत्कृष्टता
३. स्वर्ण : नेपाल आरोग्य धाम
सन् २०३० सम्मका प्रमुख लक्ष्य :
– आरोग्य उन्मुख पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि गरिने । पर्यटकको सन्तुष्टि स्तर ८.५ (१० मा) भन्दा माथि पु¥याइने ।
– दुई हजार नयाँ जनशक्तिलाई तालिम दिइने र रोजगारीमा ३० प्रतिशत महिला, युवा र स्थानीयलाई प्राथमिकता दिइने ।
– नमुना परियोजना : सन् २०२७ सम्ममा पोखरा वा काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रिट्रिट, लुम्बिनीमा ‘आरोग्य ग्राम’ र बुटिक हिल स्टेसन स्थापना गरिने ।
– सरकारले आरोग्य पर्यटन प्रवर्धन गर्ने रणनीति अन्तर्गत नेपाल भ्रमणमा आउने पर्यटकलाई उनीहरूको रुचि र उद्देश्यका आधारमा सात वटा मुख्य समूह (स्रोत बजार) मा वर्गीकरण गरी पहिचान गरेको छ ।
१५. १० औँ ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स–२०२६’ मा ‘बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६’ बाट सम्मानित हुने बैङ्क कुन हो ?
एभरेस्ट बैङ्क
पुरस्कृत विधा र व्यक्तित्व/कम्पनी :
– लाइफटाइम एचिभमेन्ट इन बिजनेस लिडरसिप २०२६ : हरिप्रसाद पाण्डे
– बेस्ट म्यानेज्ड आइटी कम्पनी अफ दी इयर : कोडअभातार टेक प्रालि
– कफी इन्डस्ट्री लिडरसिप एन्ड ब्रान्ड एक्सपान्सन अवार्ड : हिमालयन जाभा
– हस्पिटालिटी ग्रोथ एन्ड इन्टरप्राइज एक्सिलेन्स अवार्ड : सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी
– बेस्ट म्यानेज्ड कमर्सियल बैङ्क अफ दी इयर २०२६ : एभरेस्ट बैङ्क
– बेस्ट बैङ्क इन डिजिटल फाइनान्सियल सर्भिसेज २०२६ : ग्लोबल आइएमई बैङ्क
– बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अफ दी इयर २०२६ : गरिमा विकास बैङ्क
– बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दी इयर २०२६ : मञ्जुश्री फाइनान्स कं. लि.
– बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : नेपाल इन्स्योरेन्स कं.लि.
– बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२६ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कं. लि.

