एनपीएलको सबै तयारी पूरा

1 Min Read
oplus_0

कात्तिक ८ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि शुरु हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले खेल्दैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा गएको संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । भोलि बेलुकी ५ बजे शुरु हुने खेलसँगै तेस्रो संस्करणको औपचारिक शुरुवात हुनेछ ।

यसपटकको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ । हक–आई प्रविधिमा आधारित यस प्रणालीले अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा उपलब्ध गराउनेछ । हरेक इनिङ्समा एक टोलीले दुईवटासम्म समीक्षा गर्न पाउने व्यवस्था छ । यसले खेलको निष्पक्षता र प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई मान्यता दिएपछि यस संस्करणको महत्त्व थप बढेको छ । प्रतियोगितामा यसपटक अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीहरूको सहभागिता पनि रहनेछ ।

Share This Article
Leave a Comment