सुनको मूल्य एकैदिन तोलामा ८ हजार २ सय घट्यो

1 Min Read

कात्तिक १५ – सुनको मूल्य आज एकैदिन तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १७५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५० रुपैयाँ कायम भएको छ।

Share This Article
Leave a Comment