रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढायो, सात उपसमिति गठन

1 Min Read

कात्तिक १५ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार छनोटका लागि सातवटा उपसमिति गठन गर्नुका साथै महानगरपालिका र उपमहानगरपालिकाका वडा तहमा उम्मेदवारी आवेदन खुला गरेको छ।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री एवं समितिका संयोजक विपीनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि सात उपसमिति गठन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक योग्य व्यक्तिहरूले ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।
गठित उपसमितिमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कवीन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्होजोमलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बूलाई जिम्मेवारी तोकिएको प्रवक्ता खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Share This Article
Leave a Comment