एमाले दमक–८को घरदैलो ३ टोलमा सम्पन्न

1 Min Read

फागुन ५-,झापा — नेकपा (एमाले) वडा कमिटी दमक–८ को आयोजनामा आज मनकामना टोलसहित तीन टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिएको हो।
झापा निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा एमाले अध्यक्ष केपी शर्मा ओली को पक्षमा मत माग्दै नेता–कार्यकर्ता तथा समर्थकहरू घर–घरमा पुगेका थिए। निर्वाचन परिचालन कमिटी दमक–८ का संयोजक तथा वडा अध्यक्ष दिपेश दाहालका अनुसार घरदैलो अभियानमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो।

अभियानका क्रममा मतदाताहरूका जिज्ञासा र प्रश्नको जवाफ पार्टीका केन्द्रीय सदस्य गोविन्द थापाले दिनुभएको थियो।
वडा कमिटीका अनुसार घरदैलो अभियान भोलि पनि वडाभित्रका अन्य टोलहरूमा निरन्तरता दिइनेछ। साथै, आज दिउँसो ३ बजे दमक–८ को किरात चोकमा अध्यक्ष ओलीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको जानकारी वडा कमिटी सदस्य खेम श्रेष्ठले दिनुभएको छ।

Share This Article
Leave a Comment