पुष १२- नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ । आज पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरी महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।
पुस ८ गतेभित्र क्रियाशील सदस्यताको विषय टुङ्गिन नसकेको अवस्थामा अरू कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने विषयमा बैठक केन्द्रित रहेको उनले बताए ।
उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरूको जोड रहेको जिकिर गरे ।

