झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा आज एपीएफ र आर्मी खेल्दै

1 Min Read

झापा – झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल आर्मी खेल्दैछन् । खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो २ बजे शुरु हुनेछ ।

एपीएफले सिङलिङ एससी सिक्कम र आर्मीले आरएस पोखरा एफसीलाई हराउँदै सेमिफाइलनमा पुगेका हुन् । हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई २ गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

Share This Article
Leave a Comment