टी-२० विश्वकप छनोट : नेपाल र ओमान भिड्दै

1 Min Read

काठमाडौं : आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुँनेछ। नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ। नेपाल र  ओमानबिचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबिचको भिडन्त पनि हो। आज यी दुईमध्ये एकको अपराजित यात्रा तोडिने छ। अहिले ओमान र नेपाल समान छ अङ्कमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ।

यी दुई टिमबिच अहिलेसम्म भएका सात खेलमा नेपालले पाँच र ओमानले दुई खेल जितेको छ। यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्ने छ।

नेपालको सफलतामा प्रायः जितमा फरक फरक खेलाडी नायक बनेका छन्। त्यसैले ओमानविरुद्धको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा, आसिफ शेखमा नेपालको विशेष अपेक्षा हुने छ।​ 

नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ।

Share This Article
Leave a Comment