फेरान टोरेजको गोलमा स्पेन दोस्रो पटक विश्व च्याम्पियन

1 Min Read

साउन ४ गते  । फेरान टोरेजले अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
स्थानापन्न खेलाडीका रूपमा मैदान प्रवेश गरेका टोरेजले १०६औँ मिनेटमा गोल गर्दै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
इन्जुरी समयमा इन्जो फर्नान्डेज रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै निको विलियम्सको पासमा टोरेजले विजयी गोल गरे।

स्पेनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै आठ खेलमा मात्र एक गोल बेहोरेर उपाधि जित्ने कीर्तिमान बनायो। फाइनलमा स्पेनले खेलभर दबाब कायम राख्दै अर्जेन्टिनामाथि प्रभावशाली प्रदर्शन गरेको थियो।
उपाधिसँगै स्पेनले ५१ मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो भने उपविजेता अर्जेन्टिनाले ३४ मिलियन अमेरिकी डलर पायो।

Share This Article
Leave a Comment