रास्वपाको महाधिवेशनमा मतदान जारी

1 Min Read

असार ११— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी छ । मतदान गएराति १२ बजेबाट सुरु भएको थियो ।

पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ । मतदान प्रक्रिया बिहीबार मध्याह्न १२ बजेसम्म हुने मतदान गर्न एकजनालाई औसतमा १५ मिनेट लाग्ने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान भइरहेको छ ।
मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ भने निर्वाचनमा ३८४ जना उमेदवारले आफ्नो उमेदवारी दर्ता गराएका छन् । करिब ४२ सय मतदाता छन् ।

यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।

Share This Article
Leave a Comment