४९ प्रतिशत महाधिवेशन प्रतिनिधिद्वारा कांग्रेस विशेष महाधिवेशनमा नाम दर्ता

1 Min Read

२७ पुस – नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९ दशमलब ३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले उक्त जानकारी दिनुभएको हो ।
कांग्रेसमा कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । यसअघि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर संकलन गरी विशेष महाधिवेशनको माग गरेका थिए । तीन महिनाअघि गरिएको उक्त मागलाई पार्टी संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।


सोहीअनुसार आज काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन सत्र जारी छ । उद्घाटन सत्र पार्टीका काठमाडौँ जिल्ला सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा भइरहेको छ । विशेष महाधिवेशन भोलिसम्म चल्ने कार्यक्रम छ ।

Share This Article
Leave a Comment