अध्यक्षमा गोपाल र बरिष्ठ उपाध्यक्षमा भगवानको अग्रता कायमै

1 Min Read

दमक, १९ पुष ।  दमक उद्योग वाणिज्य संघको सुक्रबार सम्पन्न भएको मतदान अन्तर्गत अहिलेपनि मतगणना जारी छ । राती अवेर देखी गन्न थालीएकोमा अहिले सम्म ९ सय मत गणना गरिसकिएको निर्वाचन समितीका संयोजक लीला गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा रहेका तीन प्रत्यासी मध्ये देवि प्रसाद गुरागाई(गोपाल) अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतपरिणाम अनुसार गुरागाईले ३८७ मतका साथ आफ्‌नो अग्रता कायमै राख्नु भएको छ भने अन्य दुई प्रत्यासीहरु भरत चौलागाई र राजु खड्काले क्रमश २५६ र २४४ मत ल्याउनु भएको छ ।

यस्तै बरिष्ठ उपाध्यक्षमा भगवान बस्नेतको सुरुवाती अग्रता पछिल्लो समय सम्मपनि कायमै छ । ९ सय मत मध्ये बस्नेत ३८७ मत सहित अग्र स्थानमा हुनुहुन्छ भने अन्य प्रत्यासीहरु राजकुमार योङया र ज्ञाननाथ पौडेलले क्रमश २६७ र २५५ मत ल्याउनु भएको छ ।

Share This Article
Leave a Comment