नेपाली चलचित्र ‘१२ गाउँ’ डिजिटल प्लेटफर्ममा रिलिज

1 Min Read

१९ पुस, झापा । नेपाली चलचित्र ‘१२ गाउँ’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ। बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै सुपरहिट बनेको उक्त चलचित्र अब डिशहोम गो एप मार्फत दर्शकहरूमाझ उपलब्ध भएको हो।
प्राचीन थलो ‘१२ गाउँ’ मा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने परिवर्तनकारी योद्धाको संघर्षपूर्ण कथामा आधारित यस चलचित्रमा अभिनेता विराज भट्टका छोरा समीर भट्ट ले मुख्य भूमिकाबाट अभिनय डेब्यु गरेका छन्। समीरको दमदार एक्सन र प्रभावशाली अभिनयले दर्शकको ध्यान तानेको छ।


चलचित्रमा एक्सन स्टार विराज भट्ट सहित दिया मास्के, सोनु चन्द्रपाल, तारा शर्मा, सानिशा भट्टराई, मुरलीधर, नरेन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको निर्देशन स्वयं विराज भट्टले गरेका हुन् भने निर्माता सरस्वती भट्ट रहेकी छन्।
नेपालभित्रका दर्शकहरूले रु. २२५ र नेपाल बाहिर रहेका दर्शकहरूले युएसडी १.९९ मा चलचित्रको आनन्द लिन सक्नेछन्।

Share This Article
Leave a Comment