३० पुस –झापा। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता शुरू हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। खेल एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा बिहान ११ बजे शुरू हुनेछ।
राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका चार टोली गरी कुल १७ टोली सहभागी छन्। सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा जम्मा १ सय ३६ खेल खेलाइनेछन्।
एन्फाले सार्वजनिक गरेको खेलतालिका अनुसार आजै भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच पनि प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजे शुरू हुनेछ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला तथा एन्फा कम्प्लेक्समा आयोजना हुनेछन्। प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ।
आजदेखि एन्फा राष्ट्रिय लिग फुटबल शुरू
Leave a Comment
Leave a Comment

