आजदेखि हलमा ‘परान’

1 Min Read

१४ कात्तिक, झापा । पारिवारिक कथामा बनेको फिल्म ‘परान’ आजदेखि प्रदर्शनमा आएको छ । नीर शाहको प्रमुख भूमिका रहेको फिल्मले देशभरका हलमा उत्साहजनक सो प्राप्त गरेको छ ।

बिहीबार मात्रै निर्माण पक्षले फिल्मकर्मी, पत्रकारबीच फिल्मको प्रिमियर आयोजना गरेको थियो ।

फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यको अभिनय समावेश छ।

गीतमा निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत र प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको छ। फिल्मको छायांकन शिवराम श्रेष्ठ, सम्पादन मित्र डी. गुरुङ र कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन्। प्रोडक्सन म्यानेजरका रूपमा अनिष अधिकारी र समर चौलागाईं छन् भने अजय उपाध्याय कार्यकारी निर्माता हुन्।

‘परान’ले पारिवारिक भावनासँगै आधुनिक नेपाली समाजको कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ, जसले यो हप्ता बक्सअफिसमा सकारात्मक सुरुवात दिलाउने अपेक्षा गरिएको छ।

Share This Article
Leave a Comment