झापा महिला गोल्डकप दुई दिन पछि सर्‍याे

1 Min Read

१४ कात्तिक, झापा । पहिलो संस्करणको झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिन पछि सरेको छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित धेरैजसो ठाउँमा पानी पर्ने भएकाले भोलि शनिवारदेखि शुरू हुने भनिएको प्रतियोगिता दुई दिन पछि सार्ने निर्णय गरेको आयोजक झापा महिला गोल्डकपले जनाएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल आउँदो सोमवारलाई सारिएको छ । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिका अनुसार दुई दिनको मिति पछि धकेलेर प्रतियोगिता हुनेछ ।

उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ । प्रतियोगिता शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

Share This Article
Leave a Comment