इप्पानद्वारा विपद् उद्धार कोषमा पाँच करोड पाँच लाख सहयोग

1 Min Read

भाद्र १२- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ।
इप्पानको बिहीबार बसेको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

बाढीबाट विद्युत् आयोजना तथा निर्माणाधीन आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै इप्पानले पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने जनाएको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीले विपद्को समयमा ऊर्जा क्षेत्रका सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो। इप्पानसम्बद्ध जलविद्युत् कम्पनीहरूको सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ।

Share This Article
Leave a Comment