२६ पुष, झापा- उज्यालो नेपाल पार्टीको नेतृत्वमा महत्वपूर्ण फेरबदल भएको छ। पार्टीका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय अध्यक्ष पदबाट हट्दै पार्टीका संरक्षक बनेका छन्। उनले अध्यक्ष पदको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भङ्ग भएपछि आज बसेको उज्यालो नेपालको आकस्मिक केन्द्रीय समिति बैठकले कुलमान घिसिङलाई पार्टीको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले उपाध्यायलाई संरक्षकको भूमिकामा रहने निर्णयसमेत गरेको पार्टीले जनाएको छ।
बैठकमा बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। पार्टी नेतृत्वले नयाँ संरचनासहित आगामी राजनीतिक गतिविधि थप सशक्त रूपमा अघि बढाउने जनाएको छ।

