एनभीए भलिबलमा महिलातर्फ पुलिस र एपीएफ सेमिफाइनलमा

1 Min Read

 पुष १५- नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सेमिफाइनलमा पुगेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हरायो । आज हारे पनि यसअघिका दुई खेल जितेको एपीएफ पनि सेमिफाइनलमा पुगेको हो ।यस्तै महिलातर्फ नै अहिले एभरेस्ट भलिबल क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबीच खेल भइरहेको छ ।

आजै प्रतियोगिताको पुरुषतर्फ नेपाल एपीएफ क्लब र खिल्जी युवा क्लब क्वाटरफाइनलमा पुगेका छन् । एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

Share This Article
Leave a Comment