पुष १५- फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।
भट्टराईका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा उम्मेदवारकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी खर्चको विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्नेछ उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम चुनाव खर्चको विवरण चुनाव परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

